
काठमाडौं। निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। आयोगको मंगलबार बसेको बैठकले कानुनी परिपालन नगरेको ६ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो। यसअघि आयोगले ७ वटा राजनीतिक दललाई तीन दिने स्पष्टीकरण सोधेको थियो। तर शिव सेना नेपालबाहेक स्पष्टीकरण सोधका अन्य दलले लेखा परीक्षण नबुझाएको, स्पष्टीकरण नदिएकोले दर्ता खारेज गरेको आयोगले जनाएको छ।
यी हुन् खारेज भएका राजनीतिक दल
आमआदमी पार्टी, नेपाल
नेपाल कम्युनिस्ट पार्टी, लोकतान्त्रिक
नेपाल राष्ट्रवादी पार्टी
आधुनिक नेपाल समाजवादी पार्टी
नेपाल कम्युनिस्ट पार्टी, गौरवशाली
माओवादी जनमुक्ति पार्टी, नेपाल
कमेन्ट गर्नुहोस्
