राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा तोकिए निर्वाचन अधिकृत, गण्डकीमा हिमलाल वेल्वासे

Share:

काठमाडौं। आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम आयोगको मंगलबार (आज )बसेको बैठकले ७ जना माननीय जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो। नियुक्ति २०८२ पुस १५ गतेदेखि लागू हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार नियुक्त निर्वाचन अधिकृतहरूले पुस १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ।

नियुक्त निर्वाचन अधिकृतहरूमा कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईं,मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरी,बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतकी न्यायाधीश गीता श्रेष्ठ, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल वेल्वासे, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डित,कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकाल र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश भुवनसिंह थापा रहेका छन्।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा निर्वाचन तयारीलाई समयमै अघि बढाउन निर्वाचन अधिकृत नियुक्त गरिएको उल्लेख गरिएको छ।

कहाँ को ? सूची हेर्नुहोस्

कमेन्ट गर्नुहोस्
Share: