पोखरामा मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ५ चालक पक्राउ

Share:

पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले मादक पदार्थ सेवन गरी स्कुल बस चलाइरहेका पाँच जना चालकलाई नियन्त्रणमा लिएको छ। विद्यालय जाने नानीहरू बोकेको बस नै नशामा चलाएको पाइएपछि प्रहरीले कडाइका साथ कारबाही अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा माउण्ट हेवन बोर्डिङ स्कुलका ३३ वर्षीय आनन्द परियार, कुमुदिनी होम्स बोर्डिङ स्कुलका ३७ वर्षीय गौतम गुरुङ, बिन्देश्वरी बोर्डिङ स्कुलका ४४ वर्षीय भक्तबहादुर गुरुङ, अञ्जली बोर्डिङ स्कुलका ४८ वर्षीय डम्बरबहादुर गुरुङ र एसओएस बोर्डिङ स्कुलका ४७ वर्षीय पदम विक रहेका छन्।

हरिबहादुर बस्नेतले दिएको जानकारीअनुसार विशेष जाँच अभियानका क्रममा उनीहरूलाई मादक पदार्थ सेवन गरी बस चलाइरहेको अवस्थामा फेला पारिएको हो। पक्राउ परेकामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

विद्यालय बस चालकजस्ता संवेदनशील जिम्मेवारी वहन गर्ने व्यक्तिले नै लापरवाही गर्दा बालबालिकाको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि नियमित चेकजाँचलाई अझ सशक्त बनाउने जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: