बालेनको खुट्टामा बल दिएका छौं : सभापति रवि

Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)तर्फ आँखा नलगाउने संकेत गरेका छन् ।

सभापति लामिछानेले पार्टीको प्रथम महाधिवेशनमा धेरैले मुख मिठ्याइरहेको भन्दै आफूहरूले बालेन शाहको खुट्टामा बल दिएको भन्दै अब गोल गर्ने काम उनकै भएको बताए ।

“धेरैले मुख मिठ्याएका हुनसक्छन् । तर, हामीले बालेन शाहको खुट्टामा बल दिएका छौँ, अब भटाभट गोल गर्ने जिम्मा बालेनको हो,” लामिछानेले भने, “कतै झुक्किएर मेरो खुट्टामा बल आयो भने पनि इमान्दारीपूर्वक पास दिनेछु ।”

कमेन्ट गर्नुहोस्
Share: