आज देशभरका यी ठाउँमा हुनेछ वर्षा

Share:

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहँदा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान, मधेस र कोसी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

विभागले राति हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्ने बताएको छ । देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।

देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको विभागले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: