गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसललाई पोखरा वडा नं. १२ को सहयोग

Share:

पोखरा । पोखरामा आयोजना हुन लागेको ‘गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल प्रतियोगिता-२०८३’ लाई पोखरा महानगरपालिका वडा नम्बर १२ ले सहयोग गर्ने भएको छ। कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा सञ्चालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरा रङ्गशालाको मल्टिपर्पोज खेल मैदानमा यो प्रतियोगिता सञ्चालन हुँदैछ।

पोखरा महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले मिडिया कप फुटसललाई सहयोग गर्ने सहमति जनाउँदै प्रतियोगितासँग जोडिन पाउँदा गौरव महसुस भएको बताए। उनले खेललाई सभ्य र भव्य रूपमा सम्पन्न गराउन वडाको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । वडाको तर्फबाट प्राप्त सहयोगका लागि कल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठले वडाध्यक्ष बास्तोलाप्रति आभार व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको छ भने अन्य संघ-संस्थासँग पनि साझेदारीका कामहरू अघि बढाइएको छ। दुई दिनसम्म चल्ने यस प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। जसअन्तर्गत सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट गोलकिपरलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’ले १५ सय रुपैयाँ प्राप्त गर्नेछन्। साथै सहभागी सबै जिल्लालाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि भदौ २० गतेभित्र टोली दर्ता गरिसक्नुपर्ने समयसीमा तोकिएको छ, जसको दर्ता शुल्क ३ हजार रुपैयाँ रहेको छ। सहभागी खेलाडीले पासपोर्ट साइजको फोटो, नेपाल पत्रकार महासंघ वा सूचना विभागको परिचयपत्रको प्रतिलिपि र सम्बन्धित जिल्लाको महासंघको सिफारिस पत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: