पोखरामा कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि चयन, यस्तो छ नामावली

Share:

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ बाट खुला तथा विभिन्न समावेशी क्लस्टरका महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएका छन्। मतगणनाको अन्तिम नतिजाअनुसार सर्वाधिक ९४६ मत प्राप्त गर्दै जीवन परियार र ९२५ मतसहित कृष्णबहादुर केसी खुलातर्फका प्रतिनिधिमा विजयी बनेका हुन्। खुला १० जनाको कोटामा उनीहरूसँगै तिलकबहादुर रानाभाट (६०१ मत), दिपक गुरुङ ‘माइला’ (५०४ मत), नविन सिग्देल (४३२ मत), किशोरदत्त बराल (४९१ मत), सुदिपमोहन भट्टराई (४८५ मत), भानुभक्त ढकाल (४३७ मत), राजेन्द्रमणि लामिछाने (३९९ मत) र बुद्धिमान गुरुङ (३७३ मत) निर्वाचित भएका छन्।

त्यस्तै, खुला महिलातर्फका ४ जना महाधिवेशन प्रतिनिधिमा कोपिला रानाभाट (५६८ मत), रेनुका गुरुङ (४१० मत), निसा मल्ल ठकुरी (३७१ मत) र डाल्डादेवी भुजेल (३४२ मत) विजयी भएका छन्। आदिवासी जनजाति (खुला) तर्फ देवि जंग गुरुङ (६७९ मत) र पुर्ण कुमार गुरुङ (५६६ मत) निर्वाचित भएका छन् भने आदिवासी जनजाति (महिला) तर्फ गीमाया गुरुङ (४७२ मत) र पार्वती राना मगर ‘पारु’ (४०० मत) महाधिवेशन प्रतिनिधि चुनिएका छन्। खस आर्य (खुला) तर्फ किरण बराल (६०२ मत) र सन्तोष वास्तोला (५०३ मत) तथा खस आर्य (महिला) तर्फ इन्द्रमाया बानियाँ (४८६ मत) र शान्ति कुमारी खनाल (४७० मत) विजयी बनेका छन्।

यसैगरी, युवा खुलातर्फ २ जनाको कोटामा देवी जंग गुरुङ (४४९ मत) र ई. निरोज लामिछाने (३१८ मत) तथा युवा महिलातर्फ सोना राणा (२८८ मत) निर्वाचित भएका छन्। विशेष क्षेत्र एवं लक्षित वर्गको कोटातर्फ दलित खुलामा सुजता वराल सुनार (४२६ मत), श्रमिकतर्फ कृष्णबहादुर केसी (३९१ मत), प्रजातन्त्र सेनानीतर्फ नविनबाबु पौडेल (३४१ मत), अपाङ्गता भएका व्यक्तिको तर्फ अर्जुन भण्डारी (३१९ मत), मुस्लिम कोटामार्फत शराफत अलि मिया (२७८ मत) र पेसागत विषय विज्ञतर्फ डा. विनायक पण्डित (२२६ मत) ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: