मलामी बोकेको जिप दुघर्टना, तीन जना घाइते

Share:

दार्चुला। दार्चुलामा मलामी बोकेको जिप दुघर्टना भएको छ। जिल्लाको गोकुलेश्वरबाट सेतिकलातर्फ जाँदै गरेको जिप शैल्यशिखर नगरपालिका-५ ओखडानीस्थित बरमुडो भित्री सडकखण्डमा दुर्घटना भएको हो।

मलामी बोकेर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५९४ नम्बरको जिप दुर्घटना भएको हो। उक्त जिपमा १४ जना सवार रहेकोमा तीन जना घाइते भएका छन्।

घाइते हुनेमा शैल्यशिखर नगरपालिका–४ का २३ वर्षीय हरिष धामी, २१ वर्षीय मोहन धामी र ३९ वर्षीय दानसिँ ठगुन्ना रहेका छन्।

घाइते तीनै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। चालक सिद्ध रावललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यसबारे थप अनुसन्धान भैइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: