
काठमाडौँ। भारी वर्षापछि पहिरोका कारण देशभर विभिन्न सडकहरू अवरुद्ध भएका छन्। भीमफेदी कुलेखानी-फाखेल सडकखण्डको सुकौरामा पहिरो गएपछि उक्त राजमार्ग शुक्रबार बिहानैदेखि अवरुद्ध भएको छ।
माथिबाट खसेको पहिरोका कारण अवरुद्ध उक्त सडक खुलाउन प्रहरी टोली र स्थानीयवाँसीले प्रयास गरिरहेका छन्।
कैया गाउँपालिका–१२ घट्टेपाखामा पहिरो गएपछि बिहीबार बिहानैदेखि हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध छ।
वर्षाका कारण तीन दिनदेखि अवरुद्ध रापती राजमार्ग खुलेको छैन। वर्षाका कारण पहिरो खस्नुका साथै विभिन्न ठाउँमा सडक भासिएपछि तुलसीपुरको राम्रीदेखि कपुरकोटसम्मको सडक अवरुद्ध छ।
यस्तै धनकुटा जोड्ने भेडेटार रबीराँके सडक अवरुद्ध छ। छनम्वर बुधबारेबीचको सौरे भन्ने ठाउँमा पहिरो गएपछि शुक्रबार बिहानदेखि सवारी आवागतन ठप्प भएको छ।
छबिस पाथीभरा १ मा पहिरो गएपछि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ।
