मकवानपुरमा बाढीले ३० घर बगायो, २८ घर डुबानमा

Share:

काठमाडौँ। निरन्तरको अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरमा बाढीले ३० घर बगाएको छ भने २८ घर डुबानमा परेका छन्।

जिल्लाको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरी बजारका ३० वटा घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुर ले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्।

अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज विहान बाँधका दुई वटा ढोका खोलिएको थियो। विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ।

बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: