काभ्रेमा पहिरोले पुरिएर ४ जनाको मृत्यु, १२ घर बाढीमा बगे

250
0
Share:

काठमाडौँ। काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढीपहिरोका कारण कम्तीमा ४ जनाको ज्यान गएको छ। काभ्रे प्रहरीका अनुसार वडा नम्बर १ का ४२ वर्षको सुनमाया सुनारको पहिरोले घर पुरिएर मृत्यु भएको हो।

त्यस्तै, रोशी गाउँपालिका-३ मा ८ वर्षीय बालक र १२ वर्षीया बालिका र अन्दाजी ६० वर्षीया बृद्धाको पहिरोले पुरिएको मृत्यु भएको बताइएको छ।

त्यस्तै, गाउँपालिकाको वडा नं १० मा १ घर भत्किएर महिला पुरिएको प्रहरीले जनाएको छ।

यस्तै वडा नं ४ को सिरान डाँडामा एकै परिवारका ५ जना पुरिएका छन्। तीमध्ये एक जनाको उद्धार गरिएको छ भने बाँकी ४ जनालाई उद्धार गर्ने प्रयास भइरहेको छ।

यसैगरी रोशी गाउँपालिका-९, स्थित नार्के बजारका १२ वटा पक्की घर बगाएको छ। उनका अनुसार बजार क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।

कमेन्ट गर्नुहोस्
Share: