
काठमाडौँ। सरकारले अविरल वर्षाले अवरुद्ध भएका सडकहरु तत्काल खोल्ने पहल गर्ने निर्णय गरेको छ।
कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले बिहीबारदेखि भएको वर्षाका कारण भएको क्षतिको प्रारम्भिक मूल्यांकन गरेको र बैठकले अवरुद्ध भएका सडकहरु तत्काल खोल्न भौतिक पूर्वाधार मन्त्रालयले पहल गर्ने निर्णय गरेको बताइएको छ।
यस्तै सरकारले विपद्मा परेर घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने पनि बताएको छ। कार्यवाहक प्रधानमन्त्रीले राखेका आकस्मिक बैठकले घाइतको नि:शुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
कमेन्ट गर्नुहोस्
