
काठमाडौँ। पहिरोमा परेर बेपत्ता भएका मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-३ को वत्सलादेवी एन्फा फुटबल एकेडेमीका ६ खेलाडी मृत भेटिएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले इन्द्रसरोवर-३ वत्सलादेवी एकेडेमीमा राखेको १४ वर्ष मुनीका ६ जना खेलाडी शनिबार बिहानै पहिरोमा परेर बेपत्ता भएका थिए।
बेपत्ता हुनेमा मकवानपुरका अनुप घलान, साइमन योञ्जन र दिवस बानियाँसहित सर्लाहीका आदित्य बलपाकी, काठमाडौँका रियान्स आचार्य र बाराका विकल रेग्मी हुन्।
उनीहरुमध्ये ६ जनाकै शव फेला जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा ६ जना खेलाडी पहिरोमा परेका थिए।
कमेन्ट गर्नुहोस्
