दसैँका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने

Share:

काठमाडौँ। दसैँका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ।

नेपाल राष्ट्र बैँकका अनुसार यसवर्षको दसैँका लागि आजदेखि असोज २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइनेछ।

यस्तै बैँकको मुद्रा व्यवस्थापन विभाग, बैँकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाउने छन्।

साथै इजाजतपत्र प्राप्त बैँक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैँकले जनाएको छ।

हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको राष्ट्र बैंकले यसपालि नयाँ नोटको साटो सुकिला नोटमात्रै उपलब्ध गराउन लागेको हो। यस पटक राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय कै हाराहारीमा नोट सहटी गर्न मिल्ने व्यवस्था गर्दैछ।

राष्ट्र बैंकले दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिने छ।

कमेन्ट गर्नुहोस्
Share: