गण्डकमा पानीको सतह ह्वात्तै घट्यो

Share:

काठमाडौँ। चार दिनदेखिको बर्षाले बाढीको तह बढेको गण्डकमा आइतबार बिहानदेखि पानीको सतह ह्वात्तै घटेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार बिहान गण्डकमा पानीको सतह घटेर ४ लाख २५ हजार क्यूसेक पानी रहेको छ। त्यहाँ शनिबार राति ११ बजे पानीको सतह बढेर ५ लाख ६२ हजार ५ सय क्यूसेक पुगेको थियो।

यस्तै गण्डकी प्रदेशको अधिकांश स्थानमा आइतबार वर्षा रोकिएका कारण गण्डकमा पानीको सतह घटेको हो।

कमेन्ट गर्नुहोस्
Share: