
काठमाडौँ। पछिल्लो ६ दिनदेखि निरन्तर नयाँ रेकर्ड राख्दै आएको नेपाली बजारमा सुनको मूल्य आज भने घटेको छ। गत शुक्रबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ।
गत शुक्रबार छापावाला सुनको मूल्य १ लाख ६१ हजार २ सय रुपैयाँ कायम थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको। चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
कमेन्ट गर्नुहोस्
