सिन्धुपाल्चोकमा उद्धारमा खटिएका सेनानी मिलन केसीको मृत्यु

Share:

काठमाडौँ। सिन्धुपाल्चोकको पहिरोमा परेकाको उद्धार गर्न पुगेका नेपाली सेनाका सेनानी मिलन केसीको मृत्यु भएको छ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि उद्धार गर्दै गर्दा केसीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत केसी र अन्य दुई कोरियन नागरिक रिसोर्टमा पुगेका थिए। त्यतिबेलै पहिरो गएको थियो।

कमेन्ट गर्नुहोस्
Share: