बाढीपहिरो अपडेट: देशभर २३६ जनाको मृत्यु, १९ बेपत्ता, १७ हजार १३१ जनाको उद्धार

175
0
Share:

काठमाडौँ। गत साता परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर देशभर २३६ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन्।

प्रहरी प्रधान कार्यालयको अनुसार हालसम्म काठमाडौँ उपत्यकामा मात्र ६६ जनाले ज्यान गुमाएका छन्।

उपत्यकामा सबैभन्दा धेरै मृत्यु ललितपुरमा भएको छ। ललितपुरमा ४४ जना, काठमाडौँमा १७ जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै कोशी प्रदेशमा २० जना, मधेसमा ९ जना, बागमतीमा १३९ जना र लुम्बिनीमा २ जनाको मृत्यु भएको छ। गण्डकी प्रदेशमा पनि २ जनाको मृत्यु भएको छ।

देशभरबाट सेना, सशस्त्र, प्रहरी र स्वयंसेवकहरूले १७ हजार १३१ जनाको उद्धार गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: