
काठमाडौँ। जबर्जस्ती करणीको अभियोगमा दाङमा चारजना पक्राउ परेका छन्।
जिल्लाको गढवा गाउँपालिका-५ मंघरकी १९ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरीका आधारमा स्थानीय चार युवालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले बताए।
पक्राउ पर्नेमा गढवा-५ चैनपुरका १९ वर्षीय किरण चौधरी, २४ वर्षीय सञ्जित चौधरी, १९ वर्षीय धिरज चौधरी र २१ वर्षीय सन्दिप चौधरी रहेको उनले जानकारी दिए।
किरण चौधरीले किशोरीलाई विवाहको प्रलोभनमा पारी बुधबार स्थानीय एक खाली घरमा बोलाई उनीसहित अन्य तीन युवाहरुले करणी गरेको थापाले बताए।
युवाहरुलाई बिहीबार पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।
कमेन्ट गर्नुहोस्
