जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

144
0
Share:

दाङ :जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-१ बडहरा बस्ने ६४ वर्षीय काशिराम नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवा र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: