
काठमाडौँ। सहकारीको रकम ठगी अपराधको कसुरमा अनुसन्धानका कास्कीबाट रुपन्देही लगिएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग बुधबार बिहान १० बजेबाट बयान लिन थालिएको छ। मंगलबार सुरु गरिएको बयान पूरा नभएपछि बुधबार पुन: लिन सुरु गरिएको हो।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना लगायत आरोपमा अनुसन्धानका लागि उनलाई मंगलबार मध्यान्ह बुद्ध एयरको विमानबाट भैरहवा ल्याइएको थियो।
त्यहाँ पुर्याउने वित्तिकै बयानका लागि लामिछानेलाई सरकारी वकिलको कार्यालय पुर्याइएको थियो। जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित अन्य अनुसन्धान अधिकृतले लामिछानेको बयान लिइरहेका छन्।
कमेन्ट गर्नुहोस्
