
काठमाडौँ। हिउँदयाम नजिकिँदै जाँदा देशभर तापक्रम घट्न र चिसो बढ्न थालेको छ। यसैक्रममा जुम्लाको न्यूनतम तापक्रम शून्यतर्फ लागेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ८.४५ बजे सार्वजनिक गरेको विवरणअनुसार जुम्लाको न्यूनतम तापक्रम ०.३ डिग्री सेल्सियसमा झरेको हो। हिजो मंगलबार यो तापक्रम ३.६ डिग्री सेल्सियस थियो।
यस्तै आज जुम्लापछि सबैभन्दा कम न्यूनतम तापक्रम डडेल्धुरामा ८.९ डिग्री सेल्सियस छ भने यसपछि सबैभन्दा कम न्यूनतम तापक्रम काठमाडौँ र ताप्लेजुङमा समान १०.५ डिग्री सेल्सियस छ।
आजै बिहान ५.४५ मा १०.६ डिग्री सेल्सियस रहेको तापक्रम अहिले थप घटेर १०.५ मा झरेको हो। काठमाडौँका लागि यो यस वर्षअन्तर्गत अहिलेसम्मकै कम तापक्रम हो।
महाशाखाको विवरणअनुसार आज सबैभन्दा बढी न्यूनतम तापक्रम जनकपुरमा २०.४ डिग्री सेल्सियस छ।
महाशाखाका अनुसार अहिले नेपालमा पोस्ट मनसुन सिजन चलिरहेको छ। यो यही नोभेम्बर महिनाभर रहन्छ, डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ।
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र सार्वजनिक हुनेछ।
देशभरको तापक्रम विवरण तल:

