सुदूरपश्चिमको रिक्त सबै स्थानमा माओवादीले टुङ्ग्यायो उम्मेदवार

Share:

काठमाडौँ। सुदूरपश्चिम प्रदेश नेकपा माओवादी केन्द्रले मङ्सिर १६ गते हुन लागिएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने सबै उम्मेदवारको टुङ्गो लगाएको छ।

रिक्त एक समन्वय समिति प्रमुख, एक उपाध्यक्ष र चार वटा वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ। तीमध्ये समन्वय समिति प्रमुखमा उम्मेदवारी नदिने नेता जनक बुढाले जानकारी दिए।

बुढाका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष (बाजुरा) मा राजुकुमारी विक रचनालाई उठाएको छ। सुर्मा गाउँपालिका-४ (बझाङ) मा पुष्करबहादुर बोहरा, पूर्वी चौकी गाउँपालिका-६ (डोटी) मा देवीलाल थापालाई उठाएको छ।

यसैगरी दुहुँ गाउँपालिका-५ (दार्चुला) मा वीरसिंह कार्की र भीमदत्त नगरपालिका-६ (कञ्चनपुर)  मा नानाराम कोलीलाई उम्मेदवार बनाएको छ। जिल्ला समन्वय समिति प्रमुख (कैलाली) उम्मेदवारी दिने योजना नभएको बुढाले बताए।

कमेन्ट गर्नुहोस्
Share: