प्रजातन्त्र सेनानी संघ कास्कीको अध्यक्षमा वराल चयन

268
0
Share:

पोखरा। नेपाल प्रजातन्त्र सेनानी संघ कास्की जिल्लाको अधिवेशन आज बिहीबार नेपाली काँग्रेस कास्कीको जिल्ला पार्टी कार्यालय चिप्लेढुङ्गामा सम्पन्न भएको छ। जिल्ला अधिवेशनले देवराज वरालको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिमा उपाध्यक्षमा जगन्नाथ गौतम, सचिवमा फणिन्द्रराज पराजुली र सदस्यहरुमा चित्र प्रसाद खनाल, मोतीलाल वस्ताकोटी, राममणि भट्टराई, टेकनाथ घिमिरे, यम वहादुर रानाभाट, राम प्रसाद तिमिल्सीना, रमा कार्की, जीवनजँग हीमाली, टीकाराम वास्तोला, चिरन्जीवि अधिकारी, सोमनाथ अधिकारी, गोमा सुवेदी, राधा गौतम र हाईसुव्वा गुरुङ्ग छन्।

त्यसैगरी केन्द्रिय महाधिवेशन प्रतिनिधीमा कृष्ण मुरारी खनाल, तीर्थराज अधिकारी, नविनवावु पौडेल, भुपेन्द्र वहादुर रानाभाट, भरतराज पौडेल, शोभाचन्द्र वराल र दयासागर सुवेदी रहेका छन्।

त्यस अवसरमा प्रतिवन्धित अवस्थादेखि हालसम्म अनवरत रुपमा पार्टीको विकास, विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान दिने २३ जना अग्रज प्रजातन्त्र सेनानीहरुलाई सम्मान गरिएको छ।

सम्मानित हुनेहरुमा लीलाभक्त आचार्य, भोजराज भण्डारी, केशव पराजुली, कृष्णमुरारी खनाल, मित्रलाल लामिछाने, कोमल पगेनी, पुलेन्द्रमान श्रेष्ठ, हरि वहादुर परियार, मेघमणि सुवेदी, केश बहादुर विक., भवानी प्रसाद वास्तोला, गंगामाया गुरुङ्ग, भोला लामिछाने, विश्वनाथ रानाभाट, शकुन्तला गुरुङ्ग, पुष्पराज पौडेल, वल वहादुर गुरुङ्ग, हर्क बहादुर सुनार, अनन्तनाथ सुवेदी, खलिल मियाँ, नन्द प्रसाद तिवारी, देवी प्रसाद वस्ताकोटी, हाजी नसीरुद्दीन मियाँ छन्।

उनलाई प्रमुख अतिथि पूर्व सभामुख एवं नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, पूर्व मन्त्री यज्ञवहादुर थापा, प्रजातन्त्र सेनानी संघका केन्द्रिय अध्यक्ष वालकृष्ण दाहाल, नेपाली काँग्रेसका केन्द्रिय सदस्य शारदा पौडेल र जिल्ला सभापति श्री किशोरदत्त वरालले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरे।

कार्यक्रममा प्रमुख अतिथि तारानाथ रानाभाट, केन्द्रिय सदस्य शारदा पौडेल, सेनानी संघका केन्द्रिय अध्यक्ष बालकृष्ण दाहाल, पूर्वमन्त्री यज्ञ बहादुर थापा, सेनानी संघका केन्द्रिय प्रतिनिधी भरत भट्ट, नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री कोपीला रानाभाट, नेपाली काँग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसी र महिला संघ जिल्ला अध्यक्ष मिना पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीका अध्यक्ष नविनवावु पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष तिर्थ अधिकारीले गरेका थिए भने संचालन सचिव दयासागर सुवेदीले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: