भ्यालेन्टाइन्स डेमा ‘दुखी आत्मा’ प्रदर्शन हुने डेमा

Share:

काठमाडौँ। दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुखी आत्मा’ को प्रदर्शन मिति तय भएको छ। सोसल कमेडी फिल्म ‘दुखी आत्मा’ भ्यालेन्टाइन्स डेको दिन अर्थात् २ फागुनमा प्रदर्शन गर्ने निर्माण ब्यानर क्लक वर्क कृएसनलले जनाएको छ।

दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई लगायतका कलाकारले अभिनय गरेको फिल्मका निर्माता हिमाल कडरिया हुन्।

निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो। ‘दुखी आत्मा’ उनीहरूको दोस्रो सहकार्य हो।

काठमाडौँको सेरोफेरोमा खिचिएको फिल्मको कार्यकारी निर्माता सुदीप ढकाल हुन। आलोक शुक्लाले खिचेको फिल्म आरआर फिल्मस्ले वितरण गर्नेछ।

कमेन्ट गर्नुहोस्
Share: