रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

262
0
Share:

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलन आज घोषणा गर्दैछ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

गत कार्तिक २८ गते गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको थियो।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पार्टी सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान जारी छ।

उनलाई कार्तिक २ गते काठमाडौँबाट पक्राउ गरी कार्तिक ३ गते बिहान कास्की ल्याइएको थियो। पछिल्लो पटक उनलाई १३ दिन समय थपेर अनुसन्धान भइरहेको छ।

रास्वपाले राज्यले प्रतिशोधका लागि लामिछानेलाई पक्राउ गरेको भन्दै आन्दोलन गर्दै आइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: