रविलाई भेट्न कास्की प्रहरीको हिरासतमा पुगे पूर्वप्रधानमन्त्री भट्टराई

Share:

पोखरा। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्। आज (शुक्रबार) बिहान पूर्व प्रधानमन्त्री भट्टराई लामिछानेलाई भेट्न कास्की जिल्ला प्रहरी कार्यालय पुगेका हुन्।

भेटपछि पत्रकारहरूसँगको कुराकानीमा भट्टराईले लामिछानेमाथि एकपछि अर्को गरेर दुःख दिने काम अस्वाभाविक र अन्यायपूर्ण रहेकाले ऐक्यबद्धता जनाउन आएको बताए।

उनले भने, ‘रविजीप्रति सधैं सद्भाव छ, स्वास्थ्य कस्तो छ भनेर बुझ्न पनि आएको हुँ, स्वस्थ नै हुनुहुँदोरहेछ। एकातिर लामिछानेमाथि कारबाही प्रक्रिया लम्ब्याएको छ। अर्कातिर सहकारी पचासौं लाख त्यस्ता बचतकर्ताहरूको समस्यालाई विषयान्तर गर्न खोजिएको छ। अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अस्वभाविक र अन्यायपूर्ण भयो भनेर आफ्नो ऐक्यवद्धता दिन म यहाँ आएको हो। यो अलिकति प्रतिशोधपूर्ण भएको छ भन्ने मलाई लागेको छ।’

लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ।लामिछानेलाई बुधबार मध्यरातमा चितवनबाट कास्की ल्याइएको भन्दै प्रहरीको आलोचना भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: