
पोखरा। दर्शन बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा पोखरा- १७ मा रहेको नेपाल ठकुरी संगम परिवार कास्कीको हलमा सहकारी सम्बन्धी क्षमता विकास कार्यक्रम शुक्रबार सुरु भएको छ।
क्षमता विकास कार्यक्रम नेपाल ठकुरी संगम परिवार कास्कीमा रहेका भातृ संस्था कहरुका सञ्चालक समिति तथा पदाधिकारीहरुलाई दुई दिने तालिम दिइएको हो।
दर्शन बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारीको बारेमा चेतना फैलाउन सहकारी अभिमुखिकरण कार्यक्रम गरेको उक्त सहकारीका अध्यक्ष राजाराम शाहीले जानकारी दिए।
कार्यक्रममा प्रशिक्षक सहकारी विज्ञ चन्द्र बहादुर ठकुरीले सहकारीमा हरेकको आवश्यकता भएको बताउदै कार्यक्रम अवधिभर सहकारीको अवधारणा सम्बन्धी कुराहरु जानकारी गराएका थिए।
साथै प्रशिक्षक ठकुरीले सहकारीको सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, ऋण तथा लगानी समितिका काम, कर्तव्य तथा सहकारी ऐनका बारेमा प्रष्ट पारेका थिए।
कार्यक्रममा नेपाल ठकुरी संगम परिवार कास्कीका अध्यक्ष शेर बहादुर उच्चै, नेपाल ठकुरी महिलाका अध्यक्ष सरस्वती हमाल, नेपाल ठकुरी भुपु परिवार कास्कीका अध्यक्ष फम सिंह नेपाल, दर्शन बचत तथा ऋण सहकारी संस्था लि. का सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, ऋण तथा लगानी समिति लगाएतको उपस्थिति रहेको थियो।
