संबिधानको मस्यौदा पोखरामा पनि च्यातियो

Share:

माधब भुसाल असार २६,पोखरा । संबिधानको मस्यौदा शनिबार पोखरामा पनि च्यातिएको छ । ३३ दलिय मोर्चाद्धारा देशब्यापी रुपमा मस्यौदा च्यात्ने कार्यक्रम अन्तर्गत पोखराको पृथ्वीचोकमा मस्योदा च्यातीएको हो ।

कार्यक्रममा बोल्दै नेकपा एकिकृतका केन्द्रिय सदस्या रामजी थापाले अब बन्ने संबिधान नेपाली जनताको नभएर बिदेशीको ग्राण्ड डिजाइनमा बनाउन लागीएको बताए । अब बन्ने संबिधान नेपाली जनताको संबिधान होइन उनले भने यो बिदेशीको ग्रायड डिजाइनमा बन्न लागेको हो । कथित संबिधानसभाबाट जनताको अधिकार सुनिश्चीत नहुने र अधिकार सुनिश्चत हुने संबिधान निर्माणको लागी नेपाली जनता अब संघर्षमा उत्रिनुपर्ने उनको भनाइ थियो ।

नेकपा माओवादीका केन्द्रिय सदस्य हरि चुमानले नौटंकि संबिधान सभाबाट जारी हुने संबिधान पनि नौटंकी हुने बताए । साथै जनतामाझ लैजान लागीएको संबिधानको मस्यौदा पनि दलालहरुले तयार पारेको उनको आरोप थियो ।

३३ दलिय मोर्चाको आह्वानमा शनिबार राजधानी लगायत देशभर मस्यौदा च्यातिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: