फेरि पक्राउ परेपछि दुर्गा प्रसाईंको प्रतिक्रिया, ‘यो तस्करसँगको लडाईँ हो’

Share:

काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं अदालत परिसरबाट फेरि पक्राउ परेका छन्। काठमाडौँ  जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले प्रसाईँलाई ४० हजार धरौटीमा छाड्ने आदेश दिएपनि उनी आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसूर मुद्दामा छानविनका लागि फेरि पक्राउ परेका हुन्।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने कार्यमा प्रसाईँको संलग्नताबारे छानविन भइरहेको छ। सो समूहका नाइके हरिचन्द्र फुयाल पनि प्रहरी हिरासतमा नै छन्। प्रसाईँको पुनः गिरफ्तारीविरुद्ध उनका समर्थकहरुले अदालत परिसरमा नै नाराबाजीसमेत गरेका छन्।

धरौटी रकम बुझाएर हात हल्लाउँदै अदालत परिसरमा आइपुगेका उनलाई प्रहरीले पक्राउ गरेका थिए । सो क्रममा उनले आफूले तस्करसँग लडाईँ लडिरहेको बताए। ‘यो तस्करसँगको लडाईँ हो है, तस्करसँगको,’ उनले भने।

कमेन्ट गर्नुहोस्
Share: