लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने

Share:

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयलल्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरअघि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो।

दुई टोलीबीच अहिले बिहान ९ बजे प्रतिस्पर्धा सुरु हुनेछ। लिग चरणको अन्तिम खेल सकिएपछि जारी पहिलो संस्करणको एनपीएलका शीर्ष चार टोलीको टुंगो लाग्नेछ भने बाँकी चार टोली लिगबाट बाहिरिनेछन्।

प्लेअफका लागि सुदूरपश्चिम र जनकपुर यसअघि नै छनोट भइसकेका छन्। तर आजको अन्तिम खेलको नतिजाले तीन टोलीको स्थान तय हुनेछ।

कमेन्ट गर्नुहोस्
Share: