
पोखरा । जिल्ला अदालत कास्की म्याद थपका लागि अनुमति नदिएपछि डाक्टर निकोलस भुसाल पक्राउ परेको २४ घन्टा नबित्दै रिहा भएका छन्।
आइतबार राति काठमाडौबाट पक्राउ परेका निकोलसलाई सोमबार पोखरा ल्याइएको थियो । प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएपनि अदालतले अनुमती नदिएपछी उनी रिहा भएका हुन्।
हिरासतमा सुतिरहेका रास्वपा सभापति रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोपमा निकोलसलाई पक्राउ गरिएको थियो।
कास्की प्रहरीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले निकोलस रिहा भएको पुष्टि गरे ।
कमेन्ट गर्नुहोस्
