
पोखरा । पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ।महोत्सवमा दर्शकको भीडसँगै महोत्सवमा राखिएको स्टलहरुमा समेत व्यापार बढेको छ।
महोत्सवमा राखिएको जाडो मौसमको कपडाको स्टल, घरायसी सामाग्रीको स्टल, ताजा तरकारीको स्टलमा दर्शकहरुको भीड लागेको हो।
महोत्सवमा सोमबार लोकदोहारी गायक ज्योति मगरको प्रस्तुतिमा दर्शकले भरपुर मनोरञ्जन लिए। ज्योति मगरसँगै सोमबार शंकर विरही गुरुङ, चोलेन्द्र पौडेल, माया गुरुङ, टेक क्षेत्री, कृष्ण सुवेदी, तुलसा जिसी, कमला गैरे लगायतको प्रस्तुति मार्फत दर्शकहरुले मनोरञ्जन लिएका थिए, भने साँझको लाइभ कन्सर्टमा दि फिरन्तेको प्रस्तुतिमा युवाहरु झुमेका थिए।
महोत्सवमा मंगलबार चर्चित लोक तथा दोहारी गायक शान्ति श्री परियार, चालेन्द्र पौडेल, पार्वती जिसी, तुलसा क्षेत्री, सन्तोष सुवेदी, निश्चल थापा मगर, पुजा गुरुङ, गंगा पौडेल, आयुषजंग कार्कीको प्रस्तुतिसँगै गांगा पौडेल र पोखरेली माग्नेबुढा र धुर्मुसको हाँंस्य ब्यङ्ग्य प्रस्तुति रहने छभने सांझको लाइभ कन्सर्टमा युवाहरु मार्फत लोकप्रिय र्यापर लाहुरेको प्रस्तुति रहने महोत्सव प्रचार-प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए।
महोत्सवमा आस्था किड्नी एण्ड स्पेशलाईज्ड हस्पिटल प्रालिको कक्षबाट प्रत्येक दिन एक जनालाई नि:शुल्क होलबडी चेकअप र फिजिसियन कन्सल्ट र एक जनालाई उक्त सेवामा ५० प्रतिशत छुट प्रदान गरिएको छ।
त्यसैगरी मुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन्। महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरुमध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १.५ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई बेटर मोनाको प्रो २५ प्लस बेटर ब्रीथ ९० प्रो चिम्नी र तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर युरो थ्री बिल्ट इन हव प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी महोत्सवको सह प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिले पोखरा महोत्सवको टिकटको अर्धकट्टी लिएर केबलकार चढ्न जाने कुनैपनि व्यक्तिलाई २५ प्रतिशत छुट र सोही स्थानमा सञ्चालित ड्राइभ इन रेष्टुरेन्टमा १५ प्रतिशत, स्काई साइक्लीङ र जीपलाइनमा समेत २५ प्रतिशत छुट पाउनेछन्।
त्यस्तै भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिको स्टलबाट भिजन लिंकको स्टलबाट प्रत्येक दिन एक जनालाई नि:शुल्क भाषा कक्षाको अवसरसँगै महोत्सव अवधिभर भाषा कक्षा भर्नामा ४० प्रतिशत सम्म छुट प्रदान गर्नेछ।
महोत्सव अवधिभर महोत्सव स्थलमा राखिने नेपाल टेलिकमको स्टलबाट दर्शकले नागरिकताको फोटोकपी र दुई प्रति पासपोर्ट साइजको फोटो साथमा ल्याएको खण्डमा नेपाल टेलिकमले नि:शुल्क सिम उपलब्ध गराउनेछ।
फुड पार्टनमार रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन्। महोत्सवको टिकट रेभल एपको मार्फत अनलाईनबाट समेत बुकिङ गर्न सक्ने महोत्सव प्रचार-प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए।
पोखरा महोत्सवमा माघ १ गते मंगलबारबाट आयोजना हुने भनिएको विद्यालयस्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता माघ २ गते देखि शुरु हुने भएको छ।
