
पोखरा,साउन ७, माधब पनेरु ,
उप–महानगरपालिकाले एकिकृत सम्पतीकर लागु गरेपछि कार्यालयमा कर तिर्ने सेवाग्राहीको भिड लागेको छ ।
एकिकृत सम्पती कर र कर तिर्ने समयको बारेमा उचित जानकारी दिन नसक्दा कार्यालयलाई सेवाग्राहीको ब्यबस्थापन गर्न अप्ठेरो परेको छ । एकैचोटी सबै स्थान बाट सेवाग्राहीहरु कर तिर्न नगरपालिका कार्यलयमा आएका छन । दिनमा बढीमा एक सय जना लाई मात्र सेवा दिन सक्ने कर शाखामा एकै चोटी पाँच सय जना आए पछि ब्यबूथापन गर्न ग्राहो भएको पोखरा उपमहानगर पालिकाका कर अधिकृत शिबहरी शर्माले बताए । आफुहरु संग भएका कर्मचारीहरु लाई फाराम भर्न समेत नआएका कारण समस्या आएको उनले बताए । केही दिनमा बिस्तारै सहज हुदै जाने शर्माको भनाई थियो ।नगरपािलकामा कर्मचारीको अभाव भएको शर्माले बताए ।
एकातिर सेवाग्राहीहरुले घेरिएको नगरपालिकाका बिभिन्न शाखामा रहेका शाखा प्रमुखहरु भने कार्यालयमा थिएनन । कानुन शाखामा त चावी नै लगाएको थियो । कार्यालय प्रमुख काठमान्डौ गएको भएपनि निमित्त प्रमुख समेत नभएपछि सेवाग्राहीहरुमा थप अन्यौल भएको थियो । कार्यालयका बिभिन्न बिभागमा कर्मचारीहरु नै नभएपछि सेवाग्राहीहरुले गुनासो समेत गर्न पाएका थिएनन् ।
कार्यालयको ब्यबस्थापन फितलो र थपिएका वडाहरु बाट पनि सेवाग्राही आउने क्रम सुरु भएका कारण पनि सेवाग्राहीकोे चाप बढेको देखिन्छ । मानिसहरु लगातार तिन दिन सम्म कार्यालयमा आउदा पनि सेवा पाउन नसकेकोमा आक्रोशित थिए । सेवाग्राहीको भिड बढेपनि कार्यलयका कर्मचारीहरु संबेदनशिल बन्न सकेका छैनन । कार्यालयले उचित टोकन सिस्टम लागु गरेको छैन । एकातिर कार्यालयका बिभिन्न शाखाका कर्मचारीहरु नै छैनन भने एका तिर सेवाग्राहीले सास्ती भोग्न बाद्य छन ।
नगरपािलकाले जनतालाई उचित जानकारी समेत दिन नसकेको देखिन्छ । आबस्यक जानकारी र सुचनाको अभावका कारण सेवाग्राही झन अप्ठेरोमा परेका छन । गुनासो गर्न अधिकारीको समेत उपस्थिती नभएपछि नगरपालिकाको कार्यशैलि प्रति नै जनता आजित भएको भन्दै नारावाजि समेत गरेका थिए ।
