घान्द्रुकका हिमलाललाई ब्रेज मेश्रो अवार्डसँगै नगद ५० हजारसहित सम्मान

Share:

पोखरा । घान्द्रुकका हिमलाल परियार बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन्। घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्डको सातौ संस्करणबाट परियार सम्मानित भएका हुन्।

पोखरामा आयोजित एक कार्यक्रमकाबीच परियारलाई अन्नपूर्ण गाउँपालिका- १० का वडाध्यक्ष गौतम गुरुङ र घान्द्रुक समाज हङकङका उपाध्यक्ष दीपककुमार गुरुङले अवार्ड प्रदान गरे। परियारलाई अवार्डसँगै सम्मानपत्र, दोसल्ला र नगद ५० हजारसहित सम्मान गरिएको लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए।

घान्द्रुक समाज हङकङका उपाध्यक्ष दीपककुमार गुरुङले पकृति संरक्षणमा परियारले दिएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको बताए। ‘घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्ड हामीले घान्द्रुकमा योगदान दिने विभिन्न व्यक्तिहरुलाई प्रदान गर्दै आएका छौं,’ उपाध्यक्ष गुरुङले भने, ‘सातौं ब्रेज मेश्रो अवार्ड हामीले यस पटक घान्द्रुकको प्रकृति संरक्षणमा योगदान पुर्‍याउँदै आउनुभएका हिमलाल परियारलाई प्रदान गरेका छौं, भौतिक विकाससँगै पकृति संरक्षणमा उहाँले दिनुभएको योगदान अतुलनीय छ।’

उपाध्यक्ष गुरुङले घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको बे्रज मेश्रो अवार्ड घान्द्रुकको भौतिक विकासदेखि प¥यावरण संरक्षणमा योगदान दिने व्यक्तिहरुलाई प्रदान गर्दै आएको बताए। घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको बे्रज मेश्रो अवार्डबाट राजबहादुर गुरुङ, कृष्णप्रसाद पौडेल, भक्तबहादुर गुरुङ, धनमाया गुरुङ, ललित गुरुङ र चिन्तबहादुर गुरुङलाई प्रदान गरिएको छ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका-१० घान्द्रुकका वडाध्यक्ष गौतम गुरुङ गाउँको विकाससँगै विभिन्न क्षेत्रमा दिएका योगदानको कदर गर्दै प्रदान गरिएको अवार्डले मनोवल उच्च हुने बताए। ‘घान्द्रुकमा जन्मेर आफ्नो कर्मथलो विदेशमा बनाउँदै आएका घान्द्रुकका नागरिकहरुले गाउँको विकास तथा विभिन्न क्षेत्रमा उहाँहरुले दिदैं आएको योगदानको कदर गर्दै प्रदान गर्नुभएको अवार्डले मनोबल अझै उच्च हुन्छ,’ वडाध्यक्ष गुरुङले भने।

कमेन्ट गर्नुहोस्
Share: