
पोखरा। पाचौं चारभाई व्याडमिन्टन कप २०८१ को तयारी पुरा भएको छ। चारभाई युवा क्लवको आयोजनामा ताङलेकोट तमु समाज नयाँगाउँको हलमा माघ ११ र १२ गते प्रतियोगिता हुने भएको छ।
प्रतियोगितामा मेन्स डवल्स बि लेवल, मेन्स डवल्स सी लेभल र गण्डकी प्रदेशस्तरीय खुला मिक्स डवल गरी तीन वटा खेल समावेश गरीएको खेल संयोजक विष्णु गुरुङले बताए।
बी लेभल विजेताले ४५ हजार, उपविजेताले ३० हजार र तृतीय हुने दुई टीमले समान ८/८ हजार प्राप्त गर्नेछन्। मेन्स डवल्स सी लेवलमा प्रथम पुरस्का ४० हजार दोस्रो २५ हजार तेस्रो हुने २ समुहले रु ७/७ हजार प्राप्त गर्नछन्।
प्रदेश स्तरीय खुला मिक्स डवल्समा खुल्लातर्फ प्रथम हुने टीमले २५ हजार द्धितिय हुने टीमले १५ हजार र तृतीय हुने टीमले समान ६÷६ हजार प्राप्त गर्ने अध्यक्ष सुरेश गुरुङले जानकारी दिए।
प्रतियोगितामा धादिङ, चितवन, पाल्पा, गुल्मी लगायतका जिल्लाबाट पनि सहभागी हुने आयोजकले बताएको छ। गत वर्षको संस्करणमा १५० भन्दा बढी टीमको सहभागीता थियो।
टीम दर्ता माघ १० गते साँझ साढे पाँच बजेसम्म गर्न सकिने चार भाई युवा क्लवका सदस्य बम गुरुङले बताए। प्रतियोगिताबाट बचत रकम अनाथ,असाहाय, बालगृहमा सहयोग गरिने आयोजकले जनाएको छ।
