सुनको भाउ तोलामा १,४०० रुपैयाँले उकालो, चाँदी पनि महँगियो

Share:
GOld silver

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १,४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (सोमबार) सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन यो दर १ लाख ६८ हजार २ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। अघिल्लो दिन १,९६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १,९७५ रुपैयाँ प्रतितोलामा कायम भएको छ।

कमेन्ट गर्नुहोस्
Share: