पोखरामा बेलुन पड्किदाँ अर्थमन्त्री र मेयर घाइते, बर्न अस्पतालमा उपचार हुदैँ (भिडियो सहित)

Share:

पोखरा। पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष’ उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगो लागेपछि
प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य
जलेर घाइते भएका छन्।

उनीहरु दुवैको काठमाडौँ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ। अर्थमन्त्री पौडेलको हातमा र मेयर आचार्यको अनुहारको केही भाग तथा कपालको केही भाग जलेको छ।

अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज र मेयर आचार्यलाई फिस्टेल अस्पताल पठाइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको कास्की जिल्ला प्रहरी कार्यालयका एसपी श्यामनाथ ओलियाले जानकारी दिए।

उद्घाटनलाई भव्य बनाउन बालिएको झिरपटाकाको झिल्कोले हावा भरिएको बेलुनलाई भेटेर बेलुनको झुप्पो एकैपटक आगोले पड्किएको हो।

सो क्रममा बेलुन उडाएर भ्रमण वर्षको उद्घाटन गर्न बेलुन नजिकै पुगेका उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको गाला र हत्केलामा सामान्य पोलेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: