भारतमा बाढीपहिरोबाट ११२ जनाको मृत्यु

Share:

नयाँ दिल्ली, श्रावण १७ । भारतका विभिन्न राज्यमा आएको बाढी र पहिरोमा परी कम्तिमा १ सय १२ जनाको मृत्यु भएको छ । पश्चिम बंगाल, उडिसा, गुजरात र मणिपुरमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।

गुजरातमा मात्रै ५३ जनाको मृत्यु भएको छ भने बंगालमा ३९ जनाको मृत्यु भएको छ । बाढीका कारण लाखौं घरबारबिहीन भएका छन् ।

पश्चिम बंगालकी मूख्यमन्त्री ममता बनर्जीका अनुसार राज्यका १२ जिल्ला बाढीबाट प्रभावित भएका छन् । राज्यका एक लाख १९ हजार नागरिकले राहत शिविरमा शरण लिएका छन् ।

यता मणिपुरमा पहिरोबाट २० जनाको मृत्यु भएको छ ।

बिगत ४८ घण्टामा भारतका विभिन्न क्षेत्रमा भारी बर्षा भएको छ । वर्षाबाट पश्चिम बंगालका १२ वटा जिल्ला प्रभावित बनेको बंगाल सरकारले जनाएको छ । त्यहाँका १९ हजार सर्वसाधारणलाई राहत शिविरमा राखिएको छ । बाढीका कारण सयौं सवारीसाधन पुरिएका छन् भने सयौं चौपाया बगेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: