सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो भाउ ?

502
0
Share:

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको हो।

यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ८ सय रुपैयाँ थियो।

जसअनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य ५ सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनेको हो। यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो।

यस्तै मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १ हजार ९७० रुपैयाँ कायम भएको हो।

कमेन्ट गर्नुहोस्
Share: