तेश्रो बेगनास कपमा शनिबार ६ खेल सम्पन्न

Share:

पोखरा। विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवको आयोजनामा शुक्रबारबाट सुरु भएको तेश्रो बेगनास कपमा शनिबार ६ खेल सम्पन्न भएका छन।

पहिलो खेलमा न्यू स्टार एफसीले शान्तिदिप युथ क्लवलाई ८ गोलको फराकिलो अन्तरले पराजित गरेको छ। जसमा शान्तिदिपका अन्जन मगरले मात्रै व्यक्तिगत ६ गोल गरेका थिए भने निश्चल जिसी र दिपेन गुरुङले एक एक गोल गरेका थिए।

यस्तै दोश्रो खेलमा ब्ल्याक डाईमण्डले सम्सेर एण्ड सनम एफसीलाई २–० को गोल अन्तरले पराजित गरेको छ भने तेश्रो खेलमा आयोजक बेगनास क्लव निलोले घरेलु एफसीलाई ३–१ को अन्तरले हराएको छ ।

शनिबार नै सम्पन्न चौथो खेलमा एन डी कसमस जापानले आईडिओ कास्कीलाई २–१ को अन्तरले पराजित गरेको छ भने पाँचौं खेलमा मिक्की एफसी ले नौलो तारालाई ३–० को अन्तरले पराजित गरेको छ।

विनोद मेमोरियल र खरबारी एफसी विच भएको अन्तिम खेलमा ३–० को अन्तरले विनोद मेमोरियलले जित हासिल गरेको छ । प्रतियोगितामा विनोद मेमोरियलका अनुज भण्डारीले ह्याट्रिक गरेका गरेका थिए ।

फागुन २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा करिब २८ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक विज्ञान कोईरालाले जानकारी दिएका छन्।

प्रतियोगिता संचालन गर्न रु ९ लाख ५० हजार खर्च लाग्नेछ भने करिव १० लाख आम्दानी हुने र खर्च कटाएर ५० हजार बचत हुने अनुमान गरिएको छ भने प्रतियोगिताबाट बचत हुने रकमबाट खेल मैदान मर्मत, क्लवका सदस्य हरुको क्षमता अभिवृद्धि तथा स्थानिय पर्यटन प्रवर्धन गर्न खर्च गरिने छ।

प्रतियोगितामा पोखरा महानगरपालिका वडा नं ३१ को कार्यालय संरक्षकको रुपमा रहेको छ, भने सहयोगी संस्थाहरुमा पोखरा महानगरपालिका वडा नं ७, ८, ९, १२, १३, २६ र ३० को कार्यालय, एन्फा कास्की, लेखनाथ उद्योग वाणिज्य संघ, आदर्श युवा क्लव रहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: