४/४ जि.आर माण्डले भूपू संघ पोखराको ६३ औं स्थापना दिवस मनायो

Share:

पोखरा। ४/४ जि.आर. माण्डले भूपू. संघ पोखराले आइतबार ६३ औं राइजिङ डे सेलेब्रेसन (स्थापना दिवस) विभिन्न कार्यक्रमसहित भब्य रूपमा आइतबार सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि सु.ह.क्या. रेखबहादुर गुरुङले कार्यक्रमको उद्घाटन गर्दै ४/४ जिआर माण्डले भुपु संघ पोखरा अन्य भूपू संघहरुको तुलनामा अगाडि रहेको बताउँदै हरेक बर्ष स्थापना दिवसका अबसरमा भूपू. आर्मिका परिवारहरुविचमा पुनर्मिलन कार्यक्रम गराउँदै आएकोमा संघको कार्यलाई प्रशंसा गरेका थिए।

सो अबसरमा संघलाई आर्थिक सहयोग गर्ने सु.ह.क्या. रेखबहादुर गुरुङ, वटालियन अफिसर मे. कृष्णकुमार गुरुङ, आर्थिक संयोजक तथा विदेश विभाग प्रवक्ता ह.लालप्रसाद गुरुङ, नायक जोशी गुरुङ, नायक मान घले, ह. दिलप्रसाद गुरुङ, ह. सु.मे. पिताम्बर थापा, सु.तमबहादुर गुरुङ, स्वर्गिय ह. हेम बहादुर गुरुङकी श्रीमती सुकमाया गुरुङ, ह. लेखबहादुर गुरुङ, सु.मे.ह.क्या. नविनकुमार रोका, ह.नासु. प्रेमबहादुर थापालाई सम्मान गरिएको थियो।

संघका अध्यक्ष सु.मे. लिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सु. हुमबहादुर गुरुङले र संचालन सचिव ह. खेमबहादुर गुरुङले गरेका थिए।

 

कमेन्ट गर्नुहोस्
Share: