
पोखरा । पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टी-२० क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत बुधबार भएको खेलमा लेखनाथ क्रिकेट क्लब विजयी भएको छ। लेखनाथले लेकसाईड क्रिकेट क्लवलाई २८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
लेकसाईड क्रिकेट क्लबले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको लेखनाथ क्रिकेट क्लबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनाएको थियो।
लेखनाथका लागि सचिन पौडेलले २३ बलमा सर्वाधिक ३४ रन र साहिल पौडेलले १६ बलमा २६ रनको योगदान दिए। लेकसाईडका रबि गुरुङ र केशव सुनारले समान २-२ विकेट लिएपनि लेखनाथलाई दवाबमा राख्न असफल भए।
१६५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको लेकसाईड निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रनमा सिमित भएपछि पराजय बेहो¥यो। लेकसाइडका लागि निजामुद्दिन शेखले ४० बलमा ३२ रन र चन्दन पेलाले २४ बलमा २३ रनको योगदान दिएपनि हार टार्न सकेनन्।
लेकसाईडलाई सस्तैमा समेट्न लेखनाथका दीपक बराल र विशाल पौडेलले समान २-२ विकेट लिए। बुधबारको खेलमा विजयी टिम लेखनाथका दीपक बराल म्यान अफ दी म्याच घोषित भए।
प्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो खेल गण्डकी क्रिकेट क्लब र कास्की क्रिकेट क्लब तथा दोश्रो खेल राईजिङ क्रिकेट क्लव र सांग्रीला क्रिकेट क्लवबीच हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए।
