बुद्ध एयरले जहाजको पांग्रा जनकपुरमै छोेडेर आयो, काठमाडौँमा भयो अवतरण

293
0
Share:

काठमाडौँ । बुद्ध एयरको जनकपुरबाट काठमाडौँ आएको जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै अवतरण गरेको छ। जनकपुबारबाट काठमाडौं आएको उक्त जहाजमा एउटा नोज ह्वील नभएको चालक दलका सदस्यले थाहा नै पाएनन्।

तर पनि जहाज भने सकुशल काठमाडौँमा अवतरण गरेको छ। जनकपुरबाट ४ बजेर ३९ मिनेटमा उडान गर्दा पांग्रासहित उडेको जहाज काठमाडौँमा ५ बजेर ६ मिनेटमा अवतरण गर्दा अगाडिको पांग्रा नै थिएन्।

जहाजको अगाडि दुईवटा नोज ह्वील हुनुपर्नेमा अवतरणपछि एउटा मात्रै पाइएको थियो। जहाज अवतरणपछि बाटैमा पांग्रा हराएको विषयमा खैलाबैला भएको छ।

काठमाडौँमा खैलाबलापछि जनकपुर विमानस्थलमा जाँच गर्दा पांग्रा धावनमार्गमै फेला परेको थियो। बुद्धको युफोर ५०६ उडान नम्बरको एटीआर ७२ नामक एएनएच जहाजले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भने गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: