
काठमाडौँ। प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ अदालत जाने भएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेसँगै घिसिङ कानुनी उपचारमा जाने तयारी गरेको घिसिङ निकटले जनाएको छन्। यसका लागि उनले मन्त्रिपरिषद्को निणर्यपत्र कुरेका छन्।
सरकारले कुलमानलाई बर्खास्त गरेर प्राधिकरणको कार्यकारी निर्देशकमा हितमान शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
अहिले कुलमानलाई बर्खास्त गरेको सरकारको सामाजिक सञ्जालसहित चौतर्फी आलोचना भइरहेको छ।
कमेन्ट गर्नुहोस्
