पोखरा-१४ मा सागर पौडेलको अध्यक्षतामा युवा परिषद वडा समिति गठन

Share:

पोखरा : पोखरा महानगर स्थित वडा-१४ मा नगरिय वडा युवा परिषद वडा समिति गठन गरिएको छ। सोमबार पोखरा महानगरपालिका नगर युवा परिषदको आयोजनामा सागर पौडेलको अध्यक्षतामा समिति गठन गरिएको हो।

समितिमा सुदिक्ष्या बाँनिया उपाध्यक्ष, सचिवमा रन्जु जीसी, सह-सचिवमा कृति गिरि, कोषाध्यक्षमा प्रशान्त अधिकारी रहेका छन् भने सदस्यहरूमा सुजन श्रेष्ठ, जीवन पतानी, अनिल गुरुङ, विवेक अधिकारी, सबिन गुरुङ, मिलन परियार, त्रिदेव आले मगर, अम्बिका कार्की र टूकमान गुरुङ रहेका छन्। प्रमुख आतिथि नगर युवा परिषदका अध्यक्ष बोध बहादुर कार्कीले नयाँ कार्य समितिले वडा र समग्र पोखराका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिए। युवा जमातले समाजलाई सहि दिशामा लैजाने कुरामा आफू विश्वस्त रहेको बताए।

कार्यक्रममा वडाका उपाध्यक्ष सन्तोष न्यौपाने, वडा सदस्य गोपाल प्रसाद सापकोटा, कृष्णहरि काफ्ले, दिलमाया गुरुङ, वडा सचिव नुमानाथ उपाध्यायलगायत अन्य विशिष्ट अतिथिहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा युवा परिषद कार्यकारी सदस्यहरू बिष्णु माया सुबेदी, कृतन वाग्ले, मिलन पौडेल, सरस्वती पुरी, खेलकुद विकास समितिका अध्यक्ष शंकर जीसी, समाजसेवी सैलेश बानिया तथा पत्रकारहरू रामजी जीसी, सन्दिप पौडेल, महेश भण्डारी, अजय केसी, राजाराम पौडेलको सहभागिता उल्लेखनीय रह्यो। साथै शीतल नगर टोल सुधार समितिका प्रतिनिधि शोभा गिरिसहित विभिन्न युवा क्लबका प्रतिनिधिहरूको समेत उपस्थिति थियो।

कमेन्ट गर्नुहोस्
Share: