पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासको भाउ ३५ रुपैयाँ सस्तियो |

Share:

काठमाडौं, भदौ १५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको हो ।

यस्तै, खाना पकाउने एलपी ग्यासमा ३५ रुपैयाँ घटाइएको छ । अब पेट्रोलको मूल्य १ सय ४ रुपैयाँ, डिजेल र मट्टितेलको ८२ रुपैयाँ पर्नेछ भने ग्यास प्रतिसिलिन्डर १४ सय रुपैयाँ पर्नेछ । आयल निगमले गत साउन १७ गते पनि मूल्य घटाएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: