कैलालीमा कर्फ्यु घटाइँदै, सेना कायमै

Share:

कैलाली, भदौ १६
कैलालीको टीकापुरमा भदौ ७ गतेबाट लगाइएको जारी रहेपनि समय अवधि भने घटाउँदै लगेको छ ।
धनगढी नगरपालिकामा बुधबार अपराह्न १२ बजेदेखि साँझ ४ बजेसम्म मात्र कर्फ्यु आदेश जारी गरेको भएपनि त्यहाँ निषेधाज्ञा भने जारी नै रहेको छ ।

बुधबार बिहान ८ बजेदेखि बिहान ११ बजेसम्मका लागि भने कफ्र्यू हटाइएको थियो । मंगलबार बिहान पनि कफ्र्यु ८ बजेदेखि बिहान १० बजेसम्म खुलाइएको थियो ।

कैलाली कै भजनी त्रिशक्ति नगरपालिका सहित दुर्गौली, धनसिंहपुर, पथरैया, मुनुवा, जोशीपुर, नारायणपुर, बौनिया र थापापुर गाविसमा लगाइएको कर्फ्यु भने कायमै छ ।

स्थानीय प्रशासनले कर्फ्यु खुकुलो पारिदिँदा सर्वसाधारणको दैनिकी केही सहज बनेको छ । दंगाग्रस्त क्षेत्र घोषणा गरिएका सबै गाविसमा सेनाको उपस्थिति कायमै छ ।

कमेन्ट गर्नुहोस्
Share: