पोखरा आउँदै गरेको ईभी दुर्घटना, ३ जनाको मृत्यु, ८ घाइते

Share:

पोखरा । धादिङबाट पोखरा आउँदै गरेको इलेक्ट्रिक माइक्रो बस पृथ्वी राजमार्ग सडकखण्डको पोखरा-३२, लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकमध्ये पोखरा महानगरपालिका-२५ हेमजा बस्ने ५१ वर्षीय झाङमाया गुरुङको मात्र सनाखत भएको छ।

यस्तै दुर्घटनामा ८ जना घाइते भएका छन् भने घाइतेको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ग १ ज ८६३० नम्बरको भ्यान सडकबाट ३५ मिटर तल खसेर दुर्घटना भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: