सिद्ध उच्च माविमा स्वास्थ्य सचेतना ‘स्वस्थ जीवनका लागि सन्तुलित भोजन र ब्यायाम’

Share:

पोखरा, १७ भदौ
लायन्स क्लब अफ पोखरा भद्रकालीको आयोजनामा फलेपाटनस्थित सिद्ध उच्च माविमा बुधबार स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स इन्टरनेशनलले आह्वान गरेको ‘चिल्ड्रेन डिग्निटी विक’ को अवसर पारेर विद्यार्थीहरुलाई स्वस्थ जीवन जीउने तरिकाका बारेमा ९० जना भन्दा बढी विद्यार्थीलाई जानकारी गराइएको क्लबका सचिव भरत कोइरालाले बताए ।

क्लबका निर्देशक समेत रहेका चरक मेमोरियल मेडिकेयरका हस्पिटलका बरिष्ठ फिजिसियन डा बद्री पौडेललेले स्वस्थ रहन अपउनाउनु पर्ने उपायका बारेमा प्रस्तुती गरेका थिए ।

सन्तुलित भोजन र नियमित ब्यायम गर्ने हो भने अधिकांश रोगबाट मुक्त रहन सकिने डा पौडेलले बताएका थिए । समाजको बदलिंदो परिवेशसँगै धुमपान, मध्यपानको प्रयोग बढ्दै गएको र त्यही कारणले धेरै मानिसले ज्यान गुमाउनु परेको भन्दै उनले यसमा सचेत रहन आग्रह गरे । उनले भने, ‘मैले धेरै बिरामी जाँचेको छु, आज तिमीहरुको अगाडि यसरी बोलिरहनुको कारण घरमा भएका अभिभावक र आफन्तलाई पनि स्वस्थ्य जीवनको बारेमा तिमीहरुले जानकारी गराउँछौं भन्ने हो ।’ अहिले भोजनमा सन्तुलन नमिलाएर वा बढी खाएका कारण बिरामी पर्नेहरु बढेको तर्फ संकेत गर्दै डा पौडेलले भने, ‘शरिरलाई आवश्यक भन्दा बढी खान आवश्यक छैन, यो खानुस, यो नखानुस म भन्दिन तर मिलाएर खानुस् ।’

सो अवसरमा लायन्स अन्तराष्ट्रिय ३२५ बी १ का स्ट्रिट चिल्डे«ेन सर्पोट चियर पर्सन दीनकुमारी शर्माले बालबालिकाको सम्मानमा आयोजित यस्तोखाले कार्यक्रम निकै प्रभावकारी भएको बताइन् । स्वास्थ्य नै मानिसको सबैभन्दा ठूलो धन भएकाले यसमा सचेत रहन उनले आग्रह गरिन् ।

रिजन चेयरपर्सन शारदा पराजुलीले विद्यालय तहमा आयोजित यस्तो कार्यक्रमले समाजका सबै सदस्य लाभान्वित हुने बताइन् । कार्यक्रमका सभापति तथा क्लबका अध्यक्ष खुबबहादुर बरालले स्वस्थ रहनका लागि आहारबिहारका साथै हाँसो पनि आवश्यक रहेको बताए । गुरु, मातापिता र अग्रजको सम्मान गर्न सके भविष्यमा सफलता मिल्ने भन्दै विद्यार्थीहरु सदा जिज्ञाशु रहनुपर्नेमा उनको जोड थियो ।

सो अवसरमा क्लबका पूर्व अध्यक्ष एबं सिद्ध उच्च माविका प्राचार्य शंकर ज्ञवाली कार्यक्रमको विषयवस्तुमा प्रकाश पार्दै स्वागत गरेका थिए ।

कार्यक्रमका क्लबका पूर्व अध्यक्षहरु बुद्धिराज बराल, दीपकराज तिवारी, प्रथम उपाध्यक्ष राजु क्षेत्री, द्वित्तीय उपाध्यक्ष धनेश्वर अधिकारी, कोषाध्यक्ष वसन्त सिग्देल, सदस्यहरु झलकनाथ आचार्य, अमृतकुमार पौडेल, रविबहादुर विकलगायत सहभागी थिए ।

कमेन्ट गर्नुहोस्
Share: